२०८३ जेठ ३० , शनिबार 14, June 2026, Sunday

सबै विमानस्थल खुलेपछि हवाई उडान नियमित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज १३ गते आइतबार

तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान आजदेखि नियमित भएको छ । बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन ।

मौसमका कारण शुक्रबार र शनिबार भने अधिकांश विमानस्थल ठप्प रहे । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल आन्तरिक उडानको ३० प्रतिशत मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज आइतबार भने देशका सबै विमानस्थल खुलेका छन् । हुस्सुका कारण बिहान केहीबेर उडान प्रभावित भए पनि ९ बजेदेखि भने सबै विमानस्थलमा नियमित उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार