२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

झ्याप्लेखोला पहिरोमा थप तीन शव भेटिए

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असोज १३ गते आइतबार

काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।

उक्त पहिरोमा थप तीन वटा शव फेला परेको प्रहरीले जनाएको छ । डीएसपी सुवेदीले भने, ‘शवको पहिचान भएको छैन ।’ गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको भए पनि पुष्टि भने भइसकेको छैन ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ । समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क बाहिर रहेको छ । उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार