गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख २२७० नम्बरको बस हराएको हो । बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको खुलेको हो ।
‘बस हराएको भन्ने सूचना पाएका छौँ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,’ गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले भने, ‘हामी पनि खोजी रहेका छौँ ।’ बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ । ‘बसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,’ उनले भने ।
उनका अनुसार तीन जना गाडीका स्टाफ र एकजना मात्र यात्रु गाडीमा थिए । ‘धेरै यात्रु थिएनन् गोरखाबाट छुट्दा भन्नुभएको छ । तर बीचबाटोमा चढेको हुन सक्छ,’ उनले अघि थपे, ‘केही विवरण आयो भने सार्वजनिक होला ।’ बसमा सवार केही यात्रु मुग्लिनमा झरेका थिए । बसका एक यात्रु सूर्य गुरुङले पनि धेरै यात्रु नभएको बताएका छन् । उनीसँग सम्पर्क गरेर बुझ्दा उनको भनाई यस्तो छ ।
लापुबेँसीबाट २ जना आएको हो । अलि वर आएपछि एकजना चढ्नुभयो । त्यसपछि विभिन्न ठाउँमा यात्रु चढेका थिए । आरूघाटमा धेरै नै चढेका थिए । कतैकतै म निदाएको हुँदा अरुतिर कति चढे भन्ने थाहा भएन । गोरखा बजार आएको त मलाई थाहा पनि भएन । मुग्लिङ पुगे। म सहित धेरै नै झरेका थियौँ ।
गाडीमा ५–७ जना जति हुनुहुन्थ्यो होला । मसँग आउनुभएको सुके गुरुङ भन्ने दाइ पनि त्यसमै हुनुहुन्थ्यो । उहाँ काठमाडौँका लागि जानुभएको हो । म मुग्लिनमा झरेपछि छिटोछिटो नारायणगढको गाडीमा चढेँ । पछि ७ बजेतिर सुके दाइको फोन आएको थियो । म जाममा फसें भाइ भन्नुभएको थियो । अनि हाम्रो कुरा भएन ।
राती मैले दाइलाई फेरि फोन गरेँ, खबर सोध्नलाई । उहाँको फोन लागेन, स्विच अफ भन्यो । चार्ज नभएर होला भनेर मैले खासै वास्ता गरिनँ । भोलिपल्ट पनि फोन लागेन । अहिले पो थाहा भयो गाडी नै सम्पर्कविहीन भएछ । दाइ पनि त्यही दिनदेखि सम्पर्कमा हुनुहुन्न ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । गोरखा