२०८२ कात्तिक २१ , शुक्रबार 7, November 2025, Friday

मुसलधारे वर्षाका कारण धानबालीमा क्षति

सत्यपाटी
सत्यपाटी । काठमाडौं
२०८१ असोज १३ गते आइतबार

मनसुन सकिने बेलामा भएको मुसलधारे वर्षाका कारण धानबालीमा क्षति पुगेको छ । वर्षाका कारण धानबालीमा कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको भए पनि धानबालीमा क्षतिभने पुगेको कृषि विभागका प्रवक्ता डा.अरुण काफ्लेले बताए ।

कृषि विभागका प्रवक्ता काफ्लेका अनुसार छिटो रोपाइँ सकिएका तराईका कतिपय ठाउँमा धान काट्ने बेला शुरू भएको छ । झरी पर्दा पाकिसकेको धान झर्न सक्छ । केही धानबालीमा बाढी पसेको छ । बाढी पसेको ठाउँमा धान पुर्ने तथा ढाल्ने जोखिम हुन्छ ।

मध्यपहाडका कैयौँ ठाउँमा अहिले धानका बोटमा फूल लाग्ने बेला भएको छ । फूल लाग्ने बेला पानी पर्दा बोटबाट फूल झारिदिन्छ । जसले गर्दा धानमा फल लाग्न पाउँदैन । यसपटक समयमै पर्याप्त पानी परेकोले धान उत्पादन बढ्ने अनुमान् गरेकोमा मनसुन बाहिरिने बेला भएको झरीले क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार