सूचनाको शक्ति - The Power Of Information

        

दुई दिनमा बाढीपहिरोबाट कति जनाले ज्यान गुमाए ?

बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जना जनाको मृत्यु भएको छ । दुई दिनमा ६७ जना बेपत्ता भएका छन् भने विपद्मा परी १०१ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतवार ०७:५२

लोकप्रिय