निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव अत्यधिक चरम खतराको तह पार गरेको छ । शनिबार दिउँसो २ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । पानीको सतह बढ्ने क्रममा रहेको जनाइएको छ ।
कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ ढोका खुला गरिएको छ । कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिनुका साथै राती झण्डा देखाइयो छ । कोशी नदीमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति कन्ट्रोल कक्षमाथि रातो बत्ती बाल्ने गरिन्छ ।
कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो । कोशी ब्यारेज बेनपछिको सुरुवाती वर्षहरूमा कोशी नदीमा बालुवाको सतह कम थियो ।
वर्षाको पानी माथिबाट गेग्रान बोकेर आउदैन्थ्यो । र, बहाव बढ्दा पनि बाँध र पुलमा जोखिम कम हुन्थ्यो । तर, पछिल्ला वर्षहरूमा वर्षा हुँदा पानी भन्दा अधिक गेग्रान बोकेर कोशीमा बाढी उर्लिदा जोखिम बढाउने गरेको जलाधार विज्ञहरू बताउँछन् । अझ, कोशी पुल निश्चित आयु पनि पार गरिसकेकोले खतरा जोखिम झन् बढाएको छ ।
२०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा कोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । तटबन्ध भत्काएर कोशी बस्ती पस्दा सात हजार ५६३ परिवार विस्थापित भएका थिए । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो ।
भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव उच्च भएपछि पूर्वी तटीय सुनसरी र पश्चिमी तटीय सप्तरी क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गरेका छन् ।
कोशीमा बहाव उच्च भएपछि भारतको बिहार राज्री पटनास्थित जल संसाधन विभागकाले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । जारी सूचनाअनुसार शनिबार (आज) कोशीमा जलस्तर ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने अनुमान छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कोशी