बिहीबार बेलुकादेखि देशभर लगातार वर्षा भइरहेको छ । मनसुन अवधि सकिने बेलातिर ठूलो वर्षा हुँदा देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति भइरहेको छ ।
मौसमविद्ले यसपटक ठूलै वर्षा भइरहेको बताएका छन् । यो केही वर्षयताकै ठूलो वर्षा पनि हुनसक्ने जल तथा मौसम विज्ञान विभागको अनुमान छ ।
‘वर्षा ठूलै हो’, विभागकी सूचना अधिकृत विभूति पोखरेलले भनिन्, ‘यो केही वर्षयताकै ठूलो वर्षा हो वा होइन भन्ने विषयमा आज बिदा परेकाले हामीले तथ्यांक विश्लेषण गर्न पाएका छैनौँ, अब भोलि अफिस खुलेपछि हामी अध्ययन गर्नेछौँ ।’
वरिष्ठ मौसमविद्समेत रहेकी पोखरेलले भोलि आइतबारदेखि मात्र मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको बताइन् । ‘भोलिबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना छ,’ उनले भनिन्, ‘त्यसअघि वर्षा रोकिने सम्भावना देखिन्न ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं