शुक्रबार साँझदेखि रोकिएका आन्तरिक उडान आंशिक रुपमा सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट मुख्य शहरहरुमा हुने उडानलाई आंशिक रुपमा खुला गरेको हो ।
प्राधिकरणका अनुसार विमानस्थलबाट इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आइएफआर) र भिज्युअल फ्लाइट रुल (भीएसआर) गरी दुई तरिकाबाट उडान र अवतरण हुन्छ । भीएसआर भनेको पाइलटले आँखाले हेरेरै उडान तथा अवतरण गर्ने सिस्टम हो ।
आइएफआर अन्तर्गत भने यस्तो उडान र अवतरण उपकरणको सहायताले गरिन्छ । आइएफआर प्रविधि अन्तर्गत गरिने उडान बेलुकी छ बजेसम्मको लागि खुला भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं