सूचनाको शक्ति - The Power Of Information

        

कुलेखानी ड्याम भरिएपछि खोलियो ढोका

कुलेखानी जलशयमा जलसतह भरिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएको हो । ओभर फ्लो भएपछि एउटा ढोका खोलिएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

अवस्था हेरेर अर्को ढोका पनि खोल्ने तयारी रहेको उनको भनाइ छ । कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो । पानी परेसँगै विद्युत् उत्पादन समेत भइरहेको भट्टले बताएका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले शुक्रबार नै बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कुलेखानेस्थित इन्द्रसरोवर ताल भरिन लागेकाले आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १०:०२

लोकप्रिय