नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले आफ्नो वरियतामा व्यापक सुधार गरेका हुन् ।
नयाँ वरियतामा सन्दीप २२ स्थान सुधार गर्दै संयुक्त ४१ औं स्थानमा उक्लिएका छन् । अष्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि १४७ अंकसहित ४१ औं वरियता नै छ । अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८ औं, कुशल मल्ल ५१ औं तथा सोमपाल कामी ५३ औं स्थानमा छन् ।
अष्ट्रेलियाका क्यामरन ग्रीन ५२ औं स्थानमा छन् । अलराउन्डरतर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६ औं स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१ औं स्थानमा उक्लिएका छन् । आइसिसीले जारी गरेको बलिङ तर्फको वरियतामा भने सन्दीप ४८ औं स्थानमा यथावत रहेका छन् ।
करणले ४ स्थान सुधार गर्दै ८७ औं स्थानमा उक्लिएका छन् । ब्याटिङ तर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औं स्थानमा छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दै ८० औं स्थानमा रहेका छन् । नेपाली टिम भने १ स्थान तल झर्दै १७ औं नम्बरमा पुगेको छ । क्यानडाले वरियतामा ४ स्थान सुधार गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं