नेपालगन्जस्थित भेरी अस्पतालमा एक वर्षमा दुई हजार ८०० भन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । भेरी अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा गरिएका शल्यक्रियामध्ये दुई हजार ८६० वटा जटिल शल्यक्रिया गरिएका थिए ।
त्यसैगरी सो अस्पतालमा ३४५ वटा मध्यम खालका र ५८३ वटा सामान्य खालका शल्यक्रिया गरिएको पनि डा.थापाले बताए । सबैभन्दा धेरै प्रसूति तथा स्त्रीरोग विभागमा एक हजार ७५६ वटा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । तीमध्ये एक हजार ६७६ वटा जटिल खालका शल्यक्रिया गरिएका थिए ।
त्यसैगरी मध्यम खालका २३ र सामान्य खालका ५७ वटा शल्यक्रिया गरिएका थिए । सोही प्रकारले अस्पतालको सर्जरी विभाग अन्तर्गत ९८३ वटा जनरल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । तीमध्ये ४४८ वटा जटिल, १४५ मध्यम र ३९० वटा सामान्य खालका शल्यक्रिया गरिएका थिए ।
हाडजोर्नी विभागतर्फ ५६५ वटा शल्यक्रिया भएको अर्थोपेडिक सर्जनसमेत रहेका भेरी अस्पताल प्रमुख डा.थापाले बताए । उनका अनुसार ४२२ वटा जटिल, ९७ वटा मध्यम र ४६ वटा सामान्य खालका शल्यक्रिया भएका थिए । ५५ वटा अर्थोस्कोपी गरिएको पनि भेरी अस्पतालका प्रमुख डा.थापाले बताए ।
यसैगरी नाक, कान र घाँटी विभाग अन्तर्गत १२५ जटिल, १६ मध्यम र ९० सामान्य गरी २३१ वटा शल्यक्रिया भएका थिए । हाइड्रोसिलका ६४, ग्यास्ट्रो सर्जरीका ५४, स्पाइनल केस (न्युरो) चार र स्पाइनल केस (अर्थो)का ४० वटा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा गत आव २०८०–०८१ मा तीन हजार ७८८ जनाको शल्यक्रिया गरिएको छ ।
अघिल्लो आव २०७९–०८० मा भने सो अस्पतालमा तीन हजार २३२ वटा शल्यक्रिया भएका थिए । अस्पतालमा शल्यक्रिया सेवा लिनेको चाप रहेकाले नयाँ र अत्याधुनिक अपरेसन थिएटर सञ्चालन गरिएको जनाउँदै भेरी अस्पताल प्रमुख डा. थापाले अब क्रमशः चाप घट्दै जाने विश्वास गरिएको बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके