सूचनाको शक्ति - The Power Of Information

        

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको निवेदन मुद्दा गएको छ । यद्यपि निवेदनमाथि अध्ययन भइरहेकाले दर्ता भने भएको छैन । साइबर अपराधको आरोपमा प्रसाईं आइतबार पक्राउ परेका हुन् ।

काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ । यसैबीच, स्वास्थ्यमा समस्या देखिएपछि प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको छ । उच्च रक्तचापको समस्याका कारण प्रसाईंलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १७:११

लोकप्रिय