मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् । आइतबार बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउको विरोधमा उनका समर्थकले झापाका छुट्टाछुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका तीन वटा ट्रकमा आगजनी गरिएको छ । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जनाएको छन् ।
उनका अनुसार आइतबार राती पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कन्काइ नगरपालिका–८ स्थित बिरिङ खोलाको पुलमा यूपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले तीन वटा ट्रकमा आगजनी गरेका थिए ।
यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालवाहक ट्रकमा आगजनी गरिएको छ भने बिहानै झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् ।
आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ भने एक जना चालक घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कोशी प्रदेश प्रहरी प्रवक्ता दाहालका अनुसार आगजनीमा संलग्नहरुको खोजी भइरहेको उनले बताए । प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको घोषणा गरेका थिए । तर, सवारी आवागमनको अवस्था सामान्य रहेको दाहालले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । झापा