जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट नौं जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट मंगलाबार बिहान भेन्टिलेसन तोडेर नौं जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो ।
फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नं. २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नं. ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका वडा नं. १३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी धनुषाकै औरही गाउँपालिका वडा नं. २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नं. १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नं. २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नं. ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएका छन् ।
फरार भएकाहरूमध्ये पाँच जना लागुऔषध मुद्दाका थुनुवा रहेका छन् भने तीन जना अभद्र व्यवहार मुद्दाका आरोपित रहेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिएका छन् । उनका अनुसार फरार भएकाहरू मध्येबाट एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ । अन्य फरारहरूको खोजीकार्य भने जारी रहेको प्रहरी प्रवक्ता अवाले बताए । धनुषा प्रहरी हिरासत कक्षको मंगलबार बिहानसम्म सुरक्षा दिनका लागि पाँच जना प्रहरीहरू ड्यूटीमा परिचालित थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । धनुषा