आज २०८१ भदौ ३० गते आइतवार, १५ सेप्टेम्बर २०२४ । भाद्र शुक्लपक्ष, द्वादशी तिथि १४ः५६ बजेपछि त्रयोदशी । श्रवण नक्षत्र, १६ः५५ बजेपछि धनिष्ठा । चन्द्रराशि मकर ।
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । व्यवसायमा लाभ हुनेछ । भाग्योन्नतिको समय छ । रोकिएको काम बन्नेछ र नयाँ काम थालनी हुनेछ ।
सामान्य काममा धन र श्रम खर्च हुनेछ । अस्वस्थताले काममा जुट्न नसकिएला । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । किनमेलमा केही खर्च हुने समय छ । मिहिनेत गर्दा चिताएको काम सम्पादन गर्न सकिनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । साथीभाइको आगमनले परिवेश उल्लासमय रहनेछ ।
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।
हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला । असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि प्रतिकूल रहला । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ ।
आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला । बेसुरको निर्णयले समस्या निम्त्याउनेछ । आफ्ना कमजोरीमाथि गुनासो र टिप्पणी हुन सक्छ । तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम समेत बन्नेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ ।
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ । भविष्यका लागि केही लगानी बढाउन सकिनेछ । तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा पनि रकम बाहिरिन सक्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं