जनमत पार्टीका अध्यक्ष डा सीके राउतले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइतमात्र जाने गरेको भन्दै राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका हुन् ।
अदालतका प्रवक्ता रामसजिवन महतोका अनुसार गत भदौ १२ गते नै राउतले मुद्दा दर्ता गराएका छन् । सिन्धु लामो समयदेखि भारतमा रहँदै आएको दाबी पनि उनले उक्त मुद्दामा उल्लेख गरेका छन् । उक्त मुद्दामा अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ ।
राउतले श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पुरा नगरेकाले मुलुकी संहिता अनुसार आफू अलग भएर बस्न चाहेको फिरादपत्रमा उल्लेख गरेका छन् । राउतकी श्रीमती सिन्धु भारतीय नागरिक हुन् भने उनीहरूका दुई छोरी र एक छोरा छन् । राउतले मुद्दामा ‘अंश’ दिएर राख्न पनि आफू तयार रहेको फिरादपत्रमा उल्लेख गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं