प्रतितोला एक हजार रूपैयाँले बढेर बुधबार नेपाली बजारमा सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यो साता आइतबार प्रतितोला एक हजार २०० रूपैयाँले घटेर सोमबार र मंगलबार सामान्य वृद्धि भएको सुनको मूल्य बुधबार पनि उकालो लाग्दै प्रतितोला एक लाख ५३ हजार ४०० रूपैयाँ पुगेको छ ।
यसअघि गएको शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । यो साता बुधबार पुनः सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ । सोमबार र मंगलबार दुई दिनमा प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ७८० रूपैयाँ कायम भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं