सूचनाको शक्ति - The Power Of Information

        

पाँच जिल्लामा सीडीओ फेरिए, जयनारायण काठमाडौंमा

गृह मन्त्रालय मङ्गलबार बेलुकी पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँचीमा सीडीओ हेरफेर गरिएको हो । मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई खटाएको छ ।

साविक प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई खटाएको मन्त्रालयले सहसचिव लीलाप्रसाद शर्मालाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारी तोकेको छ ।

मन्त्रालयमा कार्यरत उपसचिव रमा आचार्य सुवेदीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा प्युठान पठाइने भएको छ । त्यहाँका साविक सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा बोलाइएको छ । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई पठाएको छ ।

अर्घाखाँचीकै सहायक प्रमुख जिल्ला अधिकारी वेदनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको छ । अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई मन्त्रालयमा बोलाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ०७:४२

लोकप्रिय