२०८१ भदौ २६ गते बुधवार, ११ सेप्टेम्बर २०२४ । भाद्र शुक्लपक्ष, अष्टमी तिथि १८ः१९ बजेपछि नवमी । ज्येष्ठा नक्षत्र, १७ः३१ बजेपछि मूल । चन्द्रराशि वृश्चिक, १७ः३१ बजेपछि धनु ।
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । काम बिस्तारै सम्पादन हुनेछन् । साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मिहिनेत गर्दा भाग्यले साथ दिनेछ ।
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । भौतिक सुविधाले खर्च निम्त्याउला । बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । साँझदेखि काममा बाधा र स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ ।
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ । साँझतिर गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुहोला ।
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । साँझतिर बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ । आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ । साँझतिर स्थितिमा सुधार आउनेछ । पहिलेका समस्या सुल्झाउन केही काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ । अरूको आक्षेप सहनुपर्ने हुन सक्छ । खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । प्रयत्न गर्दा केही अवसर प्राप्त हुनेछन् तर अरूको विश्वास गर्दा काममा धोका हुन सक्छ । आश्वासन दिनेहरूले पनि प्रतिबद्धता पूरा नगर्न सक्छन् ।
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । साँझतिर स्थितिमा सुधार आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।
सुरुमा खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । प्रयत्न गर्दा फसेको रकम उठ्न सक्छ । लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ । साँझदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर नाम, दाम र प्रतिष्ठा हातपार्न सकिनेछ ।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । साँझदेखि बसाइको स्थानान्तरण वा यात्रा हुने सम्भावना छ । खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । तापनि व्यापार बढ्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ । अवसरले जीवनशैलीमा पनि परिवर्तन आउनेछ । आँटले काम बन्नेछ ।
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । आजको मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापारमा राम्रो फाइदा हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । साँझतिर कामको चापले जीवनशैली व्यस्त रहनेछ । आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं