धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा १० जोडीले दाइजोमुक्त सामूहिक विवाह गरेका छन् ।
सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।
सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको हो । मिथिलामा शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ ।
तीन दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन दश जनाले विवाह र १७० जनाले रक्तदान गरेका छन् । तेस्रो दिन आगामी आइतबार विभिन्न कार्यक्रम गरी समारोह सम्पन्न हुनेछ ।
प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार

