सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ भदौ २२ गते शनिवारको राशिफल

२०८१ भदौ २२ गते शनिवार, ७ सेप्टेम्बर २०२४ । भाद्र शुक्लपक्ष, चतुर्थी तिथि १४ः०५ बजेपछि पञ्चमी । चित्रा नक्षत्र, १०ः४२ बजेपछि स्वाती । चन्द्रराशि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साथीभाइसँग रमाइलो भेट हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायमा आम्दानी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ । प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ । भौतिक साधन जुट्नेछन् । मिहिनेतले चिताएको काम बनाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ । आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ । व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतिस्पर्धीसँग केही सम्झौता गर्नुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । रोकिएको कामले समेत गति लिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ । तर अरूको भरपर्दा काम बिग्रन सक्छ । मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । आफ्नो स्वामित्वका वस्तुमा विवाद आउन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । नियमित काम भने सम्पादन हुनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । मानसम्मानमा बाधा पुग्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । प्रतिस्पर्धी बढ्नाले चुनौतीहरू देखिनेछन् । पहिलेका समस्या दोहोरिनाले अलमल हुनेछ र कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो भेटघाट हुने समय छ । तर खानपानको सावधानीले पाचन शक्ति कमजोर हुन सक्छ । काममा अरूको मुख ताक्नाले पछि परिनेछ । ढिलासुस्तीले पनि अवसर गुम्न सक्छ । अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । समय लागे पनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । परिस्थितिवश काममा बाधा पुग्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आयस्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेतले कामको जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या पर्ला । आम्दानी रोकिनाले केही योजना रोकिन सक्छन् । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार ०६:५४

लोकप्रिय