नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडा घटाएको छ । नेपाल आयल निगमले भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाएको हो ।
न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो । काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ घटेको छ । घटेको हवाइ भाडा बुधबारदेखि नै लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार
