नेपाल राष्ट्र बैंकले यसपाली दशैंमा नयाँ नोट नसाट्ने भएको छ । खर्च व्यवस्थापनको समस्या देखाउँदै बैंकले पुरानो सुकिला नोट सटही गर्ने तर नयाँ नोट नदिने भएको हो ।
दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का नोट सटही हुने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले बताए । यसपटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै बैंकले अवको एक वर्षभित्र नेपालको चुच्चे नक्सासहितको नयाँ नोट बजारमा ल्याउने भएको छ । लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा राखेर नोट छपाइको प्रक्रिया अगाडि बढाइसकिएको सहायक प्रवक्ता पोखरेलले बताए । नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।
प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार
सत्यपाटी