सरकारले सशस्त्र प्रहरी बल, नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ । सशस्त्रमा रहेका तीनजना एआईजीको मुख्यलयभित्रकै विभागहरुमा सरुवा गरेको हो ।
भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको सरुवा गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गृह मन्त्रालयको प्रस्ताव अनुसार सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग सरुवा गरिएको छ । सीमा सुरक्षा विभागको जिम्मेवारी चन्द्रप्रकाश गौतमले पाएका छन् ।
त्यस्तै, कार्य विभागमा कार्यरत वंशीराज दाहाललाई मानव स्रोत विभागमा सरुवा गरिएको छ । सशस्त्रमा यी तीन वटै विभाग महत्वपूर्ण रहेका छन् । मूख्यालयमा रहेका यी तीन विभाग एआइजीले कमाण्ड गर्ने गरेका छन् । सशस्त्र प्रहरी अझै एक एआइजीको दरबन्दी माग गरिरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं