अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस अन्तरगत आजदेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस यस वर्ष सेप्टेम्बर ७ तारिख अर्थात आउँदो शनिवार दिवस परेको छ । सप्ताहव्यापी कार्यक्रम आजदेखि शुरू हुने नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ ।
सिनो खाएर वातावरणलाई स्वच्छ राख्न सघाउने गिद्धलाई प्रकृतिको कुचिकार भन्ने गरिन्छ । गिद्धले सिनो खाएर सम्भावित दुर्गन्ध हटाउनुको साथै महामारी फैलाउन सहयोग गर्ने जङ्गली कुकुर र स्याललाई सिनोसम्म पुग्न रोक्ने गिद्धबारेको अध्यता एवम् पृथ्वीनारायण क्याम्पस पोखराको प्राणीशास्त्र विभागका प्राध्यापक हेमन्त ढकालले बताए । गिद्धलाई हेर्ने दृष्टिकोण राम्रो नभएपनि यसको महत्त्व धेरै रहेको उनले बताए ।
नेपालमा पाइने ९ प्रजातिका गिद्धहरूमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न, सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन् । नेपालमा पछिल्लो पटक गरिएको राष्ट्रिय गिद्ध सर्वेक्षण अनुसार वर्षेनी १४ प्रतिशतले गिद्धको सङ्ख्या घट्दै गइरहेको छ । गिद्धको सङ्ख्या घट्नुमा वासस्थान, आहारा र विद्युत प्रशारण लाइन लगायतका विकासका काम मुख्य हुन् ।
नेपालमा सन् १९९० भन्दा अघिसम्म गिद्ध समस्यामा पर्नुमा पशुचौपायलाई खुवाउने डाइक्लोफेनाक औषधि मानिन्थ्यो । अहिले त्यो औषधि प्रतिबन्धित छ । यो जस्तै अरु औषधि, सिनोमा विषादी मिसाउने र बासस्थान अतिक्रमणसँगै अन्य मानवीय क्रियाकलापका कारण गिद्ध समस्यामा परिरहेका गिद्ध विज्ञ एवम् प्रध्यापक हेमन्त ढकाल बताउँछन् । गिद्ध संरक्षणका लागि यसको महत्त्वबारे बुझाउनुको साथै नकरात्मक धारणा हटाउनुपर्ने उनको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं