अमेरिकामा लामखुट्टेको टोकाइबाट सर्ने ‘ट्रिपल ई’ नामक भाइरस फैलिन थालेको छ । अमेरिकाको न्यू ह्यापसायरमा ‘ट्रिपल ई’ का कारण एकजनाको मृत्यु भएको छ भने पाँच जना सङ्क्रमित भएका छन् ।
अमेरिकी स्वास्थ्य विभागका अनुसार पछिल्लो एक दशकमा पहिलोपटक न्यू ह्यापसायरमा यो भाइरस फेला परेको हो । पछिल्लो केही दिनदेखि ट्रिपल ईका कारण मसाचुएट्ससहितका राज्यमा पनि यो भाइरस फैलिन थालेको बताइएको छ ।
इइईभी अर्थात् इस्टर्न एक्विन इन्सेफ्लाइटिस भाइरसलाई ‘ट्रिपल ई’ नाम दिइएको हो । पहिलोपटक सन् १९३८ मा यो भाइरस उत्तरी अमेरिका र क्यारेबियनमा फेला परेको थियो ।
येल विश्वविद्यालय स्कुल अफ पब्लिक हेल्थका एसोसिएट रिसर्च वैज्ञानिक वेरिटी हिलका अनुसार यो भाइरस विभिन्न प्रजातीका पन्छीबाट लामखुट्टे हुँदै मानिसमा सर्न गर्छ ।
निकै दुर्लभ मानिने उक्त भाइरसले मानिसको स्नायू प्रणालीमाथि आक्रमण गर्ने गर्छ । जसका कारण मस्तिस्क सुन्निन्छ र पीडा हुन थाल्छ ।
ट्रिपल ई भाइरसले सङ्क्रमित भएका व्यक्तिहरूमा ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला हुने, छारे आउने, व्यवहारमा परिवर्तन हुने, थकाई महसुस हुने, निद्रा नलाग्ने जस्ता लक्षणहरूका साथै मष्तिस्क सुन्निने गर्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं