सूचनाको शक्ति - The Power Of Information

        

एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ १ गते सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको भदौ १४ गते बसेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरिएको हो । परीक्षार्थीले आफ्नो प्रोफाइलबाट समेत नतिजा हेर्न सकिने आयोगले जनाएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।

झुठा विवरण पेश गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बखत पनि रद्ध गर्न सकिने आयोगको परीक्षा निर्देशनालयका उपसचिव धनबहादुर श्रेष्ठले जानकारी दिए । आयोगले एमबीबीएसको लागि परीक्षा दिएका सात हजार ८४७ परीक्षार्थीकै फाइनल स्कोर र र्‍याङ्क प्रकाशित गरेको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १३:१६

लोकप्रिय