सूचनाको शक्ति - The Power Of Information

        

जहाँ बन्दैछ काठको गगनचुम्बी भवन

अमेरिकी सहर मिलवाउकीमा काठबाट बनेको विश्वको सबैभन्दा ठुलो गगनचुम्बी भवन छ । सो सहरले फेरि काठकै झन् ठुलो भवन बनाउन लागेको छ । यसको डिजाइन भ्यान्कुभरस्थित स्टुडियो माइकल ग्रिन आर्किटेक्ट्स (एमजीए)ले बनाएको हो ।

कम्पनीले हालै सो भवनको निर्माणसम्बन्धी योजना सार्वजनिक गरेको थियो । ५५ तले सो भवनमा काठको प्रयोग हुने बताइएको छ । अहिले सो सहरमा रहेको काठको सबैभन्दा अग्लो भवन एसेन्ट २५ तलाको छ ।

यो परियोजना मार्कस पर्फमिङ आर्ट्स सेन्टरको पुनः विकासको हिस्सा भएको बताइएको छ । नयाँ बन्ने टावर एसेन्ट टावरभन्दा दोब्बर भन्दा अग्लो हुनेछ । एसेन्ट टावरको उचाइ ८७ मिटर छ भने नयाँ भवन १८२ मिटर अग्लो हुने बताइएको छ ।

काठ काठबाट बनेको अग्लो भवन बनाउन जरुरी रहेको एमजीएका आर्किटेक्ट तथा संस्थापक माइकल ग्रिन बताउँछन् । देखाउनका लागि नभएर सर्वसाधारणलाई काठैबाट पनि गगनचुम्बी भवन बनाउन सम्भव रहेछ भनेर बुझाउन यसो गर्नु जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १३:०६

लोकप्रिय