सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।
वर्तमान मुख्य सचिव लीलादेवी गड्तौलाले शुक्रबार अवकाश पाउँदैछिन् । सोही कारण भदौ १५ गतेदेखि लागु हुने गरी गृह मन्त्रालयमा कार्यरत अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको । गड्तौला गत साउन १० गते मुख्यसचिव नियुक्त भएकी थिइन् ।
प्रकाशित मिति : २०८१ भदौ १४ गते शुक्रबार
सत्यपाटी