अष्ट्रेलियामा नेपाल वायुसेवा निगमको जहाज उड्ने कहिलेदेखि हो भन्ने कुरा केपी ओली सरकारलाई पनि थाहा छैन । तर, पूर्वाधार विकास गर्ने नाममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विपुला बराल भन्ने महिला कर्मचारीलाई अष्ट्रेलिया पठाएपछि निगममा हंगामा मच्चिएको छ ।
जहाज उडाउने गन्तव्यको ठेगाना नै नभएको ठाउँमा कार्यकारी अध्यक्ष अधिकारीले बराललाई पठाएपछि त्यहाँका कर्मचारीले अधिकारीको नियतमाथि शंका गरेका छन् । बराल एक महिना अष्ट्रेलिया बसेर काठमाडौंमा फर्किएकी छिन् । उनले एक महिनाभित्र अष्टे«लियामा जहाज उडाउन के के वातावरण बनाइन भन्ने रिपोर्ट निगमलाई दिएकी छैनन् ।
निगममा कर्मचारी सरुवा–बढुवामा पनि व्यापक अनियमितता हुने गरेको छ । मालदार ठाउँमा सरुवा हुन दररेट नै तोकिएको छ । अधिकारी फाइनान्स डाइरेक्टर हुँदा सुरु गरेको धन्दा अहिले पनि कायमै छ । निगमका कर्मचारी विदेश पोस्टिङ हुन् १०औँ लाख खर्च गर्न तयार हुन्छन् । अहिले पनि जापान, दोहा, दुवई, मलेसिया र दमाम पोष्टिङ हुन मोटो रकमसहित त्यहाँका कर्मचारीहरू लछाडमछाड गरिरहेका छन् ।
जसमध्ये मिगी केसी, गुरु साह, नरेश यादव, अरविन्द कामति, प्रभाकर भट्टराई, कमल सेन र तेज थापा लगायतका कर्मचारीहरू विदेश पोष्टिङ हुनका लागि तयार भएका छन् । पोष्टिङ हुनु अगाडि रकम नबुझाएसम्म पोष्टिङ पाउँदैनन् । त्यसैले घुस खुवाउन कर्मचारीले ऋणको जोहो गरिरहेको निगम स्रोतले बताएको छ ।
सहकारीको हालत खराब भएका कारण ऋण जोहो गर्न पनि कर्मचारीलाई हम्मेहम्मे परेको छ । नयाँ दिल्ली, बैंग्लोर र मुम्बई लगायतका ठाउँमा कार्यकारी अध्यक्षले मन्त्रीको कोटा पनि छुट्याएका छन् । तर, मन्त्री बन्द्री पाण्डे विदेश भ्रमणमा रहेकाले क–कसलाई सरुवा गर्ने भन्ने कुरा सोध्न भ्याएका छैनन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं