ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको जनाएको छ ।
विमानस्थलमा अलपत्र परेका १७६ नेपालीहरु भने सकुशल रहेको दूतावासले जनाएको छ । मंगलबार दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पु¥याउन दूतावास तयारी अवस्थामा छ ।’
दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैधरूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । ब्राजिल