रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकहरूले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरूद्ध सामाजिक सञ्जालमा नागरिकहरूले आक्रोश व्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
न्यूयोर्क टाइम्सका अनुसार रूसको युक्रन आक्रमणपछि पुटिनको लोकप्रियता घटेको दाबी गरेको छ । युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ । पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसहरूले उनको राजीनामाको माग गरिरहेका छन् ।
युक्रेनी सेनाले रुसको सुदजा सहरमा प्रवेश गरेपछि लेनिनको मूर्ति भत्काएका छन् । गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो । यद्यपि पुटिनले पछि यसलाई नियन्त्रण गरेका थिए । अब युक्रेनी सेनाको सफलतापछि पुटिनको लोकप्रियतामा आएको गिरावट फेरि बढेको छ ।
अगस्ट ६ तारिखमा युक्रेनले पहिलो पटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो । त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरिएको छ । युक्रेनी सेना कुस्र्कमा २८–३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको जनाइएको छ । १६ अगस्टमा सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएको थियो ।
त्यहाँबाट रूसी सेना पछि हट्नुपरेको थियो । सन् २०२४ को ८ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले २ हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भू-भाग कब्जा गरेको यो पहिलो पटक हो । यही कारण सामाजिक सञ्जालमा रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन् । क्रुसमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं