देशभर खेतीयोग्य जमिनमध्ये ९८.५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार देशभर कुल १३ लाख ९८ हजार ९८५ हेक्टर धान उत्पादन हुने खेत रहेकोमा भदौ ७ गतेसम्म १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
गत वर्ष यस अवधिसम्म ९४ं.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । मधेस प्रदेशमा सबैभन्दा कम ९७।३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो प्रदेशमा सबैभन्दा बढी ३ लाख ८७ हजार १५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको मन्त्रालयको तथ्यांक छ । सोमध्ये हालसम्म ३ लाख ७५ हजार ६१४.५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
सुदूरपश्चिममा १००, कर्णाली प्रदेशमा ९९.२ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै कोशी प्रदेशमा ९९.६ वाग्मती प्रदेशमा ९९.२, गण्डकी प्रदेशमा ९७.८ र लुम्बिनी प्रदेशमा ९८.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सातै प्रदेशको यस वर्षको धान रोपाईँको अन्तिम तथ्यांक रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं