२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस, १४ जनाको शव फेला

तनहुँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस आज बिहान साढे ११ बजेतिर तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

उक्त बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । घटना लगत्तै तनहुँका प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन् भने बसका घाइतेको उपचारका लागि नेपाली सेनाको मेडिकल टिम घटनास्थलतर्फ गएको छ ।

एमाआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थलतर्फ गएको नेपाली सेनाले जनाएको छ । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ ।

प्रकाशित मिति : २०८१ भदौ ७ गते शुक्रबार