डुडुवा खोलाले बर्सेनि गर्दै आएको तीव्र कटान र डुबानका कारण तीन वटा पालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जग्गा जोखिममा परेका छन् । वर्षाको समयमा डुडुवाको कटान र डुबानबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जमिन अत्यधिक जोखिममा परेका हुन् ।
डुडुवा गाउँपालिका–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले डुडुवा खोलाको कटानका कारण वडाभित्रका बस्ती उच्च जोखिममा परेको जनाउँदै त्यसको नियन्त्रणका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरिएको बताए । उनले डुडुवा–१, कृषि चौफेरी गाउँका बासिन्दा डुडुवा खोलामा बाढी आउना साथ घरभित्र कतिबेला पानी पस्ने हो भन्ने चिन्तामा पर्ने गरेका बताए ।
खोलाको कटानले नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाका पनि धेरै गाउँबस्ती जोखिममा परेका लुम्बिनी प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । कार्यालयले डुडुवा खोलाको कटान नियन्त्रणका लागि गुरुयोजना बनाइए पनि पर्याप्त बजेट विनियोजन नहुँदा कार्यान्वयन हुन नसकेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निरन्तर परेको पानीका कारण डुडुवा र राप्ती नदीको सतह बढ्दै गइरहेकाले डुबान र कटानको खतरा थप बढेको जानकारी दिए । उनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे । ‘डुडुवाबाहेक राप्ती नदी, मान खोला, मोरङ्गा खोला र अन्य साना खोलाको कटानले सयौँ बिघा खेतीयोग्य जमिन कटान गरिरहेको र दर्जनौँ गाउँ उच्च जोखिममा परेकाले सतर्कता आवश्यक छ,’ उनले भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके