भिडियो सेयरिङ प्लेटफर्म टिकटक नेपालमा सहजै चल्न थालेको छ । सरकारले १० महिनाअघि टिकटक बन्द गराएको थियो । तर पनि मानिसहरुले भीपीएन प्रयोग गरेर चलाइरहेकै थिए । आज बिहानदेखि भने टिकटक भीपीएन बिना पनि चलिरहेको छ ।
सरकारले टिकटक खुला गर्ने निर्णय गरेसँगै यो चल्न थालेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्बाट भने यो निर्णय हुन बाँकी छ । आज बस्ने क्याबिनेट बैठकले यो निर्णय पारित गर्ने बताइएको छ ।
गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो ।
सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका छन् । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं