सूचनाको शक्ति - The Power Of Information

        

भैँसीको आक्रमणबाट बाघ मृत्यु

मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको मृत्यु भएको छ । बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो ।

राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो । बाघ बूढो भएको कारण भैंसीको आक्रमणबाट मृत्यु भएको देखिएको प्रहरीको भनाई छ ।

बाघ बुढो र कमजोर भएपछि अरु बाघसँग प्रतिष्पर्धा गर्न नसकेपछि बस्ती पसेको हुन सक्ने चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । मृत्यु भएको बाघलाई पोष्टमर्टमका लागि चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ०८:४६

लोकप्रिय