सूचनाको शक्ति - The Power Of Information

        

नालीमा डुबेको भैंसी बचाउन खोज्दा चार दाजुभाइको मृत्यु

भारतको राजस्थानस्थित टोंक जिल्लामा नालीमा डुबेर चार दाजुभाइको मृत्यु भएको छ । नालीमा फसेको भैंसीलाई बचाउन खोज्दा उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटना टोंकको खुर्द गाउँमा भएको हो । चार दाजुभाइले नाला नजिक भैंसी लिएर गएका थिए । भैंसी नालामा खसेपछि बचाउन खोज्दा उनीहरु डुबेको बताइएको छ । घटनाको जानकारी पाउनासाथ परिवारका सदस्य र ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुगेका मानिसहरूले भैंसीलाई बचाउन चार दाजुभाइमध्ये एकजना पानीमा पसेको हुन सक्ने अनुमान गरेका छन् । उनलाई डुबेको देखेर अरु दाजुभाइ पनि पानीमा हामफालेको हुनसक्ने अनुमान छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ०८:४४

लोकप्रिय