दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले लमही–कोइलाबास सडक विस्तार गर्न आफ्नै घर भत्काएका छन् । बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घरमा डोजर चलाएर मेयर चौधरीले हुलाकी सडक विस्तार सुरु गरेका हुन् ।
सडक फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा परेपछि आफ्नै घर भत्काएर सडक विस्तार सुरु गरेको उनले बताए । भारत सरकारको ७६ करोड अनुदान सहयोगमा ३३.४६ किलोमिटर लामो लमही–कोइलाबास हुलाकी सडक विस्तार गरी कालोपत्र गरिएको थियो ।
त्यस क्रममा ३६ करोड बढी बजेट मुआब्जामा खर्च भएको छ । हुलाकी सडक औपचारिक रुपमा नेपाल सरकारलाई २०७७ साल चैत १८ गते हस्तान्तरण भएको थियो । तर लमही बजार क्षेत्रमा भने सडक साँघुरो छ । त्यही भएर लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।
प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार
सत्यपाटी