सूचनाको शक्ति - The Power Of Information

        

पोखराबाट उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

विहानदेखि नै मौसम खराब भएका कारण अवतरण गर्न नसकी पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । सो जहाज पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौंका लागि उडेको थियो । तर, मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको हो ।

बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् । अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी यात्रुहरुलाई दिइएको छ ।

बुधबार विहान साढे ७ बजेर २५ मिनेटमा उड्नुपर्ने जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । मौसम खराब भएका कारण काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन । करिब २० मिनेर आकासमा घुमेर भैरहवा पुगेर अवतरण भयो । काठमाडौं अवतरण नभएपछि डाइभर्ट गरेर १०ः२० मा भैरहवामा ल्याण्ड भएको हो ।

पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ । बिहान पोखरा विमानस्थलबाट दुई वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा ल्याण्ड भएको छ भने अर्को भिजिविलिटीका कारण अवतरण गर्न नसकी भैरहवा पठाइएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १२:५९

लोकप्रिय