सूचनाको शक्ति - The Power Of Information

        

विश्वकै बढी उमेरकी महिलाको निधन

विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो । सीएनएनका अनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर) ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएको हो ।

जीडब्लूआरका अनुसार उनी विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौं व्यक्ति हो । २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी ११८ बर्षिय सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरको घोषित भएकी थिइन् ।

मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो । पछिल्लो समय भने उनी स्पेनको क्याटालोनियामा बस्दै आएकी थिइन् । उनी कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिस समेत हो ।

स्रोत : सीएनएन
प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ११:३५

लोकप्रिय