अद्वैतमार्गी योगी सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । मधुमेहबाट प्रताडित उनको उपचारक्रममा भारतको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।
भारतस्थित विहारको सासाराममा सन् १९३८ मा जन्मिएका कपिल सिंह समयान्तरमा अद्वैतमार्गी भई कपिल अद्वैत बनेका थिए । नेपालको हिमालय क्षेत्रमा साधना गरेका उनले भक्तपुरको गुण्डुमा पाइलट बाबा आश्रमसमेत स्थापना गरेका छन् ।
पाइलट बाबा सन्यासीहरूमाझ सोमनाथ गिरिका नामबाट चिनिन्छन् । भारतमा सन्यासीहरूको सबैभन्दा ठूलो जुना अखडाका महामण्डलेश्वर पाइलट बाबाले मकवानपुरको त्रिखण्डीमा नेपाली गुरु हरि गिरि महाराजसँग दीक्षा लिएका थिए ।
उनले भारतका हरिद्वार र गङ्गोत्रीलगायत अनेक स्थानमा जुना अखडा नामबाट आश्रम चलाएका थिए । पाइलट बाबाको निधन शोकमा जुना अखडाका सबै आश्रममा तीन दिनसम्म शोक मनाउने निर्णय भएको छ । उनको अन्तेष्टि बुधबार भारतको हरिद्वारमा हुने जानकारी प्राप्त भएको छ ।
बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)बाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका पाइलट बाबा सन् १९५७ मा भारतीय वायु सेनामा प्रवेश गरेका थिए । वायुसेना पाइलटका रूपमा उनले १५ वर्षसम्म सेवा गरेका थिए ।
उनले सन् १९६२, १९६५ र १९७१ मा चीन र पाकिस्तानविरुद्धको युद्धमा समेत भाग लिएका थिए । कम उचाइमा उडान भर्दै कीर्तिमान कायम गरेका पाइलट बाबालाई भारत सरकारले वीर चक्र लगायत विभूषणबाट सम्मान गरेको थियो ।
सैनिक सेवाबाट अवकाश लिएपछि उनले हिमालयमा बसेर नेपालमा तपस्या गरेका थिए । उनले नेपाल र भारतका उच्च हिमाली भागमा कठिन तप गरेका थिए । भक्तपुरको सूर्यविनायकमा रहेको जंगलमा पाइलट बाबा आश्रम बनाएर बसेका थिए । पाइलट बाबा उज्जैन पीठाधीश्वर थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं