पछिल्ला पुस्तामा मोबाइल फोनको लत निकै छ । मोबाइल फोन बिना अहिलेका पुस्ताहरू शौचालय बस्न समेत नसक्ने अवस्थामा पुगिसकेका छन् । मानिसहरू हर समय मोबाइलमै झुण्डिरहेका हुन्छन् ।
बिहान उठे देखि बेलुका नसुतेसम्म मानिस मोबाइलमै व्यस्त हुन्छन् । अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो । खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन् ।
शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन् । हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्वेक्षणमा गरेको थियो । सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने भेटिएको छ ।
आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने देखिएको छ । तर हाम्रो यस्तो बानी स्वस्थको दृष्टिकोणले हानीकारक हुने डाक्टरहरूले बताएका छन् । शौचालयमा फोन चलाउँदा अन्य समस्यासँगै पाइल्स हुने सम्भावना अत्यधिक रहन्छ ।
मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ । फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ । यसकारण शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको विज्ञहरू बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं