२०८३ असार ३ , बुधबार 17, June 2026, Wednesday

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

सत्यपाटीसत्यपाटी । डोटी । २०८१ साउन ३२ गते शुक्रबार

डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रबार