२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

भीरबाट लडेर एक बालिकाको मृत्यु

सत्यपाटीसत्यपाटी । जाजरकोट । २०८१ साउन ३१ गते बिहीबार

जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिलबहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय शिक्षक जय बहादुर नेपालीले हिजो घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला भीरबाट लडेर ज्यान गएको जानकारी दिए ।

उता जुनीचाँदे गाउँपालिका–११ स्थित खानाखोला भन्ने ठाउँमा खोला तर्दै गर्दा चिप्लिएर खोलामा तीन दिनअघि बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षका तेजबहादुर रोकायाको खोजी कार्य जारी रहे पनि हालसम्म शव प्राप्त गर्न नसकिएको स्थानीय शिक्षक तीर्थ रोकायाले जानकारी दिए ।

जाजरकोटमा रुख र भीरबाट लडेर वर्षेनी ५० जनाभन्दा बढी नागरिकहरूले अकालमै ज्यान गुमाउने गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको तथ्याङ्कमा रहेको छ । यसको सुरक्षा र सचेतनाका लागि स्थानीयलाई जागरूक बनाउनुपर्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहीबार