पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
मंगलवार सामान्य पहिरो खसेर अवरुद्ध भएको सडकमा बुधवार बिहान माटोसहितको लेदो खस्दा सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अहिले पहिरो हटाएर सडक एकतर्फी रुपमा सञ्चालन गरिएको छ । दाउन्ने क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरेको छ ।
सत्यपाटी संवाददाता । नवलपुर