नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) यज्ञविनोद पोखरेल अवकाशको मुखमा लाइन इन्चार्जहरू फेरर आर्थिक उपार्जनको बाटोमा लागेको आरोप छ । आगामी असोजमा अवकाश जाने क्रममा रहेका डिआइजी पोखरेल मधेशमा लाइन इन्चार्ज परिवर्तन गरेर असुली धन्दामा लागेको बताइन्छ ।
विगतमा पनि ट्रयाक रेकर्ड राम्रो नभएका पोखरेल खासगरी प्रचण्डकी सुपुत्री गंगा दाहाललाई रिझाएर मधेश प्रदेश पुगेका थिए । सिआइबीमा रहेका बेला क्रिप्टो करेन्सीलाई बढुवा दिएको आरोप लागेका पोखरेलले मधेश प्रदेशको इन्चार्ज भएपछि घुमुवा राखेरै लाइन चलाएका थिए । मधेशमा ६ महिनामा लाइन इन्चार्ज फेरिने गरेको छ ।
विभिन्न जिल्लामा लामो समय काम गरेका सादा पोशाकका १० घुमुवालाई पहाडी जिल्लामा काज सरुवा गरिएको भए पनि उनका आफन्त पूर्व एसएसपी अजय द्विवेदीमार्फत सबैलाई रोकेर सीमा क्षेत्रबाट असुली गरिरहेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ । काज सरुवा गरिएका मध्येका घुमुवालाई डीआईजी पोखरेलले रमाना नदिएर गत वैशाखबाटै घुमुवाका रुपमा परिचालन गरेका थिए ।
जुनियर अधिकृतदेखि सिपाही हवल्दार गरी मधेशबाट सरुवा गरिएकामध्ये आठ जना काज खटाएको स्थानमा गइसकेका छन् । असई श्याम साह सोनारले पहाडी जिल्लामा काज गरेपछि राजीनामा दिएका थिए । वरिष्ठ हवल्दार अजय पटेललाई मधेश प्रदेशका डीआइजी पोखरेलले नै रमाना नदिई बारा र पर्साको घुमुवाका रुपमा अतिरिक्त कमाईका लागि खटाएका थिए ।
पटेलको सरुवा सोलुखुम्बुमा भएको छ । उनी सोलुखुम्बु नगई आइजीपीको सरुवालाई चुनौती दिएर बारा पर्सामा डीआइजीका लागि भन्सारछली सामान ओसारपसार गर्नेहरूसँग डिलमा परिचालित छन् । डीआइजी पोखरेल अहिले निरीक्षणका क्रममा बारा, सर्लाही, रौतहट र सिराहमा बढी केन्द्रित हुन्छन् । बारामा सञ्चालित एक क्यासिनो उनको नियमति जाने र खाने ठाउँसमेत रहेको छ ।
प्रहरीको जागिरबाट राजीनामा दिएका पूर्वहवल्दार शिव मण्डललाई बिचौलियाको रुपमा राखेका छन् । मधेश प्रदेशमा एसएसपी भएर बसेका डिआइजी पोखरेल रौतहटको एसपीको रुपमा बद्नाम भएर काठमाडौं पुगेका थिए । एसएसपी हुँदाताका पोखरेलसँग निकट रहेका मण्डल अहिले बलियो सुराकी हुन् । कृष्णदेव साहको घुमुवा टोली विवादमा परेपछि हवल्दार मण्डलको सरुवा कोशी प्रदेश अन्तर्गतको पहाडी जिल्लामा भएको थियो ।
पहाडी जिल्लामा सरुवा भएपछि मण्डलले राजीनामा दिए । पोखरेल डीआइजी भएर जानसाथ उनको प्रदेश प्रहरी कार्यालयमा आउजाउ चलिरहेको छ । प्रदेश प्रहरी कार्यालय अन्तर्गत कुन जिल्लामा कुन घुमुवा राख्ने, आफूसँग काम गरेकाहरु को–को छन्, उनीहरुलाई खटाउनका लागि डीआइजीसँग छलफल गर्नेदेखि लिएर ब्यापारीहरुसँग भेटघाट बाक्लो रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं