सूचनाको शक्ति - The Power Of Information

        

संसारभर गर्मीको प्रकोप, जोखिम उच्च

बेलायतमा सन् २०२४ को सबैभन्दा धेरै गर्मी यसै साताको सोमबारको बनेको छ । सोमबार ३४ डिग्री सेल्सियस गर्मी पुगेको थियो । सामान्यतया सबै भन्दा गर्मी हुने समय गइसकेपछि पनि भएको यो गर्मी साँच्चै चिन्ताको विषय हो । जलवायु परिवर्तनका कारण अहिले संसारमा गर्मीको प्रकोप बढिरहेको छ ।

दक्षिणी इङ्गल्यान्डमा बढेको गर्मीका कारण अहिले सबैलाई सावधान गर्न सरकारले सर्कुलर नै जारी गरिसकेको छ । दक्षिणतर्फ यसरी गर्मी बढी रहेको समयमा उत्तरतर्फ वर्षाको जोखिम बढेको छ । लन्डन र इस्ट अगिंलामा सबैभन्दा धेरै गर्मीको अनुभव गर्न थालिएको छ । यो गर्मी अझ बढ्दै जाने अनुमान गरिएको छ ।

सोमबार नै राजधानीमा ३० डिग्री सेल्सियस पुगेको छ भने केही सहरमा ३२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अहिले युके हेल्थ सेक्युरिटी सर्भिसको सक्रियता बढी रहेको छ । पूर्व र पश्चिम मिडल्यान्डमा, इङ्गल्यान्डको पूर्वमा, तथा लन्डनको दक्षिण पूर्वका साथै दक्षिण पश्चिम र उत्तरमा समेत यो सक्रियता बढेको हो ।

यो गर्मीले खराब स्वास्थ्य अवस्था भएका तथा प्रौढ व्यक्तिलाई असर गर्ने अनुमान गरिएको छ । यस अघिको सबै भन्दा गर्मी दिन ३० जुलाईका दिन लन्डनको क्यु गार्डेन र हेथ ग्रोमा यसै किसिमको गर्मी भएको थियो । गत वर्ष पनि ४० डिग्रीसम्म नपुगेको होइन । यस वर्ष त्यत्ति नै पुग्ने अनुमान कमै छ ।

यसै ढङ्गको गर्मी र आर्द्रताको कारण अझ ठुलो समस्या हुनसक्ने आङ्कलन गरिएको छ । केही दिनमा नै इङ्गल्यान्डका धेरै स्थानमा ४० डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको छ । अहिले गर्मीको कारण पानीको खपत बढी रहेको छ । बच्चाहरू हायल कायल भएका छन् । कानलमा एक बच्चा त गर्मी सहन नसकेर ज्यान नै गुमाउन पुगे ।

उनलाई बचाउन धेरैले अथक प्रयास गरे पनि त्यो सम्भव हुन सकेन । अहिले रेल यातायातको सावधान गराउन थालिएको छा । जुनसुकै रेल नि रोकिन सक्ने छ । मेघ गर्जनसहित वर्षा हुन थालेको छ । २४ घण्टामा १५ हजार भन्दा बढी पटक मेघ गर्जिएको थियो यो मेघ गर्जन सबैभन्दा धेरै उत्तरी आयरल्यान्ड र उत्तरी स्कटल्यान्डमा भएको थियो ।

साँझ पख इङ्गल्यान्डमा पनि यसैगरी मेघ गर्जिएको थियो । अप्रिल महिनामा नै यो वर्ष पनि वर्षा, आगलागी र उच्च तापक्रमको जोखिम भएको भन्दै संसारका धेरै देशले आफ्ना नागरिकलाई सावधान गराएका थिए । यसरी धेरै नै सावधान गराउन आवश्यक रहेको क्षेत्र युरोप थियो । युरोपमा गत वर्ष सेप्टेम्बरमा धेरै नै गर्मी भएको थियो ।

त्यो गर्मीको याद गर्नेहरू अझै आत्तिने गरेका छन् । युरोपमा गर्मीका कारण ज्यान जानेको सङ्ख्या गएको २० वर्षमा ३० प्रतिशतले बढेको छ । युरोपमै पनि गत वर्ष केही सावधानी त अपनाइएको तथापि आवश्यकता अनुसार आम व्यक्तिले सावधानी र सतर्कता नअपनाएको भन्दै चिन्ता व्यक्त भएको थियो । यो जोखिम ठाउँ अनुसार फरक पाइएको थियो ।

समुद्री सतहमा त तापक्रम अझ धेरै बढी रहेको छ । गएको वर्ष आयरल्यान्डमा एटलान्टिक महासागरको क्षेत्रमा यसै किसिमको तापक्रम र तातो हावाको समस्या समेत देखिएको थियो । गएको वर्ष डिसेम्बरमा सबै नदीमा बाढी आएको थियो । यो वर्षको जाडोको समय आउन बाँकी नै छ । गएको वर्षको डिसेम्बर गत वर्षको भन्दा कम हिउँ परेको थियो ।

आर्द्रता, तातो हावा र गर्मीको कारण समस्या बढेको छ । धेरै जनाको स्वास्थ्यमा गत वर्ष पनि समस्या आएको थियो । यस वर्ष पनि यसै किसिमको समस्याको जोखिम बढेको छ । प्रि इन्डस्ट्रियल युगको समय भन्दा १.५ डिग्री सेल्सियस बढी तापक्रम भएपछि यसले मानव जीवनमा सबैभन्दा धेरै समस्या हुने अनुमान गरिएको छ ।

२०२३ को गर्मी याममा नै १.४८ डिग्री सेल्सियस बढेको थियो । त्यसै समयमा पेरिस सम्झौता कार्यान्वयनको विषय उठेको थियो । सन् २०१५ मा पेरिस सम्झौता अनुसार जलवायु नियन्त्रणका लागि गरेको प्रतिबद्धता धेरै देशले पुरा गरेका छैनन् । विश्व इकोनोमिक फोरमको सन् २०२४ को ग्लोबल रिस्क रिपोर्टमा तीन किसिमको जोखिम आङ्कलन गरिएको थियो ।

तीन किसिमको जोखिममा उच्च गर्मी, बायोडायभर्सीटीको नास तथा इको सिस्टम नै ध्वस्त हुने तीन किसिमको समस्याको आङ्कलन गरिएको थियो । पहिलो जोखिम त बाढी र पहिरोको नै हो । यसले संसारमा धेरै देशलाई पक्कै समस्या पर्नसक्ने छ । यो समस्या सबैभन्दा धेरै गरिब देशमा हुनसक्छ । सडक व्यवस्थापन कमजोरी त यसको मुख्य समस्या नै हो ।

पृथ्वीको चक्रमा नै असर गरेपछि यसले धेरै जीवको अस्तित्व नै सङ्कटमा पर्ने अनुमान समेत त्यसै समयमा गरिएको थियो । अहिलेसम्म संसारका धेरै मानव सभ्यता नै नास भएको इतिहास छ । यसरी मानव सभ्यता नै नास हुनुको मूल कारण मौसममा आउने परिवर्तन नै भएको जनाइएको छ । अर्थशास्त्रीले जलवायु परिवर्तनको असर अर्थतन्त्रमा समेत पर्ने चेतावनी दिइसकेका छन् ।

यो असर गरिब र अविकसित देशमा धेरै छन् । गरिब देशमा जलवायु परिवर्तनको कारण आउने समस्याबाट अन्नलाई जोगाउने क्षमता नै कम छ । यसको असर अफ्रिकी देशमा सबै भन्दा धेरै पर्नसक्छ । दक्षिण एसियामा पनि यसको असर पर्नसक्छ । अप्रिल महिनामा जलवायु परिवर्तनबाट सबै भन्दा धेरै असर गरेका १० देशको सूची प्रकाशित भएको थियो ।

त्यो सूची गत वर्षको आधारमा भएको हो । यसमा अफ्रिकी देश सबैभन्दा धेरै छन् । सबै भन्दा धेरै असर गर्ने देश चाँद भएको जनाइएको छ । गएको ५० वर्षमा त्यहाँको अवस्था सबै भन्दा धेरै पानी परेको थियो । सडक यातायातमा त्यस्तै समस्या परेको थियो । यो समस्या मानिसको स्वास्थ्यमा समेत परेको थियो । यस्तो समस्या मध्य रिपब्लिक अफ्रिकनमा पनि थियो ।

त्यहाँको दक्षिणी क्षेत्रमा आएको समस्याका कारण एकै पटक दुई हजार हजार घर तहस नहस भएका थिए । इरिट्रियामा गत वर्ष नै सन् १९७० को तुलनामा १ दशमलव ७ डिग्री सेल्सियस बढी थियो । त्यहाँको अवस्था त झन् कल्पना नै गर्न नसकिने थियो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जलवायु परिवर्तन गरिबीको एउटा मुख्य कारण रहेको छ । सो देश त्यसै पनि गरिब देशको सूचीमा छ ।

८८ टापुको देश गुयना बिसु त्यस्तै समस्या छ । सुडान गरिबीको मारमा परेको देश हो । सुडानमा अहिले त्यस किसिमको समस्या बढी रहेको छ । अफगानिस्तानमा सन् १९५० देखि २०१० को बिचमा तापक्रम एक दशमलव ८ डिग्री सेल्सियस बढेको थियो । यस समयबाट सन् २०५० को बिचमा कम्तीमा पनि १.४ डिग्री सेल्सियस बढी भएको अनुमान छ । गत वर्ष मात्र ३४ प्रान्तमा २६ अत्यधिक गर्मीको चपेटामा परे ।

सुडान गृह युद्धको चपेटामा परेको देश हो । गत वर्ष त्यहाँ परेको खडेरीका कारण ६० प्रतिशत गरिबीको मारमा परेका थिए । लाइबेरिया गर्मीका कारण स्वास्थ्य समस्याको सामना गरेको देश हो । यसले त्यहाँका जनजीवन नै समस्यामा परेको थियो । मालीका धेरै स्थान मरुभूमिले भरिएका छन् । त्यहाँ ०.७ डिग्री सेल्सियस तापक्रम बढेको छ । सो वृद्धिले त्यहाँको जनजीवन अत्यन्त समस्या ग्रस्त बनेको छ ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार ०८:०७

लोकप्रिय