सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्रीसहित ‘सक्किगो निँ’का इन्स्पेक्टर जुवाखालबाट पक्राउ

पूर्वमन्त्री र कलाकारसहित ११ जना हाई प्रोफाइल जुवाडे पक्राउ परेका छन् । कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । नेकपा एमालेका नेतासमेत रहेका कोशी प्रदेशका सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले गौरीघाटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिरबहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’का कलाकार हुन् । उनी टेलिसिरियल ‘सक्किगो निँ’मा इन्स्पेक्टरको भूमिकामा अभिनय गर्दै आएका छन् । प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ ।

शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् । माधव थापा बिरामी रहेको अनुसन्धामा संलग्न एकजना अधिकृतले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतवार १५:४५

लोकप्रिय