सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन गर्दै प्रहरी

बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ । हालसम्म नेपालगन्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब ६०० बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी सङ्कलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताए । प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो ।

‘अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,’ प्रहरी नायब उपरीक्षक डाँगीले भने । प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लगायतको उजुरी सङ्कलन गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतवार १४:३७

लोकप्रिय